MITHILAVANI MEDIA

WE WELCOME'S ALL OF OUR VISITOR TO MITHILAVANI MEDIA WEBBLOG.YOU CAN COMMENT YOUR OPINION ADN YOU CAN MAIL NEWS TO MITHILABANI.COM@GMAIL.COM

क्यानाडामा नेपाली खेलाडीलाई पदक

काठमाडौँ, ६ असोज (रासस) :
 राजु नगरकोटीले क्यानडा ओपन जी वान अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आज कास्य पदक जितेका छन् । 

क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कास्य जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । राजु सहभागी स्पर्धामा नौ मुलुकका खेलाडी सहभागी थिए । 

नुवाकोट स्थायी घर भएका राजु विगत १७ वर्षदेखि मकाउमा कार्यरत छन् । राजु नेपाल आर्मीका छैटौँ ब्याचका तेक्वान्दो खेलाडी हुन् । 

राजुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर नेपाल राष्ट्रको झण्डा फरफराउन पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि राष्ट्रका लागि अझ धेरै पदक जित्न प्रयासरत रहने बताए । 
Share:

0 Comments:

Post a Comment

Definition List

header ads

Unordered List

3/Sports/post-list

Support

3/random/post-list